६८ औ विश्व कुष्ठरोग दिवस, कुष्ठरोग निवारण गरिएको घोषणा गरेको एक दशक पुगेपनि रोक हटेन | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

६८ औ विश्व कुष्ठरोग दिवस, कुष्ठरोग निवारण गरिएको घोषणा गरेको एक दशक पुगेपनि रोक हटेन

बागलुङ, १८ माघ । कोरोना महामारीमा हाम्रो संयमता समयमै कुष्ठरोग व्यवस्थापनमा संक्रियता भन्ने नारासाथ ६८ औ विश्व कुष्ठरोग दिवस बागलुङमा अन्तरक्रिया कार्यक्रम गरी मनाइयो । नेपालबाट २०६६ सालमा कुष्ठरोग निवारण गरिएको घोषणा भए पनि अहिले फेरि कुष्ठरोगी देखा पर्न थालेको छ ।

देशमा गत आर्थिक वर्ष २०७६-७७ को असार मसान्तसम्म २ हजार ४४ जना कुष्ठरोगी देखिएको तथ्याङक अन्तरक्रियामा प्रस्तुत गरिएको छ । कुष्ठरोग निवारण गरिएको घोषणा भएको ११ वर्ष वितेपनि बागलुङमा अझै पनि ४ जनाको कुष्ठरोगीले औषभि सेवन गरिरहेका छन् ।

गत वर्ष सम्म जिल्लाको बागलुङ नगरपालिकामा १ काँठेखोला गाउँ पालिकामा १ निसी खोला गाउँ पालिकामा एक जना गरि ३ जना बिरामी रहेकोमा यस वर्ष वडिगार्ड गाँउपालिकामा थप १ जनामा यो रोग देखिएपछि बागलुङ जिल्लामा कुष्ठ रोगीको संख्या ४ पुगेको हो । कुष्ठ रोग दिवस मनाई रहँदा ७ वटा प्रदेश मध्य गण्डकी प्रदेशमा सबैभन्दा कम र बागलुङमा दुई जना पुरूष दुई जना महिला कुष्ठरोगीले अहिले नियमित औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरेले बताउनु भयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एक जना पनि बिरामी नहुनुलाई जनस्वास्थ्य समस्या नभएको मानिन्छ । सरकारको प्राथमिकतामा नपर्दा सन् २०२० सम्म देशबाट कुष्ठरोग उन्मूलन गर्ने सरकारको रणनीति असफल भएको छ । देशको ७ वटा प्रदेश मध्य गण्डकी प्रदेशमा ९९ जना कुष्ठरोगी भएको तथ्यांक रहेको छ । बिरामीमाथि हुने सामाजिक भेदभावका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको स्वास्थ कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनु भयो ।

पछिल्लो जनगणना अनुसार नेपालमा पाँच लाख व्यक्तिमा अपांगता छ । अपांगताको दुई प्रतिशत कुष्ठरोगका कारण हुने गरेको स्वास्थ्य कार्यलयले जानएको छ । सामान्य लक्षण देखिनेबित्तिकै उपचार गरे अपांगता हुनबाट बच्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । एक दशकअघि नै रोग उन्मुलन भएको सरकारले घोषणा गरेपनि कुष्ठरोगी देखिन थालेपछि सरकारले पछिल्लो समय ल्याएको निति कै कारणले गर्दा कुष्ठरोगिको पहिचान हुदै गइरहेको छ । तर रोग उन्मूलन अभियान अन्तर्गत बिरामीको घर समुदायमा पुगेर उनीहरूलाई पनि उपचार, परामर्श गर्ने सरकारको योजना भए पनि अहिले कोभिडको कारण रोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);