डडेल्धुरामा बाघकाे छालासहित एक युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

डडेल्धुरामा बाघकाे छालासहित एक युवक पक्राउ

pakrau

बिमल जैरु
डडेल्धुरा, १८ माघ ।
डडेल्धुरामा बाघको छाला सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अजयमेरू गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष २९ को जगत सिंह भण्डारी रहेका छन् । उनले चलाईरहेको सु.प.प्र.०४००१ प ०५४८ नम्बरको मोटरसाईकलमा ओसारदै गरेको अस्थामा प्रहरीले उनलाई पक्राउ गरीएको हो ।

जिल्लाको अमरगढी नगरपालीका – ६ तोली स्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट उनलाई समातिएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा प्रहरीका अनुसार सुदुरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी डडेल्धुराको संयुक्त टोलीले चेकजाँच गर्दा निजको साथबाट भालुको पित्त एक थान र ठुलो बाघको जस्तो देखीने छाला थान एक, सानो बाघको जस्तो देखीने छाला थान एक बरामद गरिएको हो ।

निजलाई आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय डडेल्धुरामा बुझाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);