कुष्ठरोग निर्मूल पार्ने उद्देश्यले सुर्खेतमा घरदैलो अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कुष्ठरोग निर्मूल पार्ने उद्देश्यले सुर्खेतमा घरदैलो अभियान

सुर्खेत, २५ जेठ । कुष्ठरोग निर्मूल पार्ने उद्देश्यले सुर्खेतमा घरदैलो अभियान चलाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जिल्लाका स्वास्थ्य संस्था मार्फत जनस्थ्य स्वयंसेविका परिचालन गरेर यहि जेष्ठ २७ गतेदेखि ३१ गतेसम्म कुष्ठरोगीहरुको खोजी गर्न लागेको हो ।

कुष्ठरोगीलाई उपचारको पहुँचमा ल्याउन घरदैलो अभियान चलाउन लागिएको कार्यालयको भनाइ छ । सुर्खेत सहित १६ जिल्लामा प्रति १० हजार जनसंख्यामा एक भन्दा बढी कुष्ठरोगी भएका कारण निवारण गर्न घरदैलोमा पुगेर खोज्न लागिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);