सोलुखुम्बुमा ६ गर्भवती महिलाको अकालमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सोलुखुम्बुमा ६ गर्भवती महिलाको अकालमै मृत्यु

garbhawati mahila

सुबास दर्नाल

सोलुखुम्बु, २५ जेठ । चालु आर्थिक बर्षको जेठ अन्तिम साता सम्म सोलुखुम्बुमा ६ जना गर्भवती महिलाले ज्यान गुमाएका छन । चालु आर्थिक बर्षको हाल सम्म जिल्लामा विभिन्न कारणले ६ जना गर्भवती महिलाले ज्यान गुमाउनु परेको हो ।

छेस्काम पेल्माककी ३२ बर्षयि महिला र देउसा चेराखुकी १८ बर्षिय महिलाको शाल अढकिएर तथा अत्याधिक रक्त श्रावभएर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । त्यसैगरी टाक्सिन्दु रिङमुकी ५० बर्षीय महिला र देउसा गैरीगाउकी १८ बर्षिय महिलाकोे अत्याधिक रक्तश्रापका कारण ज्यान गएको कार्यलयको तथ्यकंमा उल्लेख छ ।

त्यस्तै काकु नामकी २४ बर्षयि महिला र देउसा रनेमकी ३० बर्षकी अर्की महिलाको गरी हाल सम्म ६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका कुमार केसिले जनाकारी दिए । उनीहरुमध्ये ४ जनाको स्वास्थ्य संस्थामा नियमीत स्वास्थ्य जाँच नगराउनुको साथै अस्पतालमा प्रसुती नगराउनु मुख्य कारण रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङ्मार ग्याल्जेन शेर्पाले बताए ।

कम समयमा बच्चा जन्माउनु, स्वास्थ्य संस्थामा नियमीत चेकजाँच नगराउनु, धेरै बच्च जन्माउनु खानपानमा समेत ध्यान नदिनु लगाएतले आमाहरुको ज्यान जानेगरेको कार्यालयको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);