पहिरोले कर्णाली राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

karnali-rajmarga-kalikot

कालिकोट, २५ जेठ । कालिकोटको शुभकालिका गाउँपालिका १ गगनेखोलामा पहिरो झर्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान झरेको पहिरोले राजमार्ग अवरुद्ध हुदाँ जुम्ला, कालिकोटबाट नेपालगन्जज र सुर्खेतका लागि छुटेका सवारी साधन तथा मालबाहक ट्रक र यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालय कालिकोटका प्रमुख नन्दराम जैसीले जानकारी दिनुभयो । सो राजमार्ग बर्षातको समयमा बर्सेनि अवरुद्ध हुने गरेको छ ।