कालिकोटमा पहिरो झर्दा कर्णाली राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कालिकोटमा पहिरो झर्दा कर्णाली राजमार्ग अवरुद्ध

karnali rajmarga

काठमाडौं,२५ जेठ । कालिकोटको शुभकालिका गाउँपालिका १ गगनेखोलामा पहिरो झर्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान झरेको पहिरोले राजमार्ग अवरुद्ध हुदाँ जुम्ला, कालिकोटबाट नेपालगन्जज र सुर्खेतका लागि छुटेका सवारी साधन तथा मालबाहक ट्रक र यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालय कालिकोटका प्रमुख नन्दराम जैसीले जानकारी दिए । सो राजमार्ग बर्षातको समयमा बर्सेनि अवरुद्ध हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);