पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ, ९ असार । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सुख्खा पहिरोका कारण पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा मुग्लिन–आँबुखैरेनी अवरुद्ध भएको हो ।

पहिरोले राजमार्ग अवरुद्ध बनेपछि सयौं सवारी साधन आवातजावात हुन सकेको छैन । आइतबारदेखि परेको अविरल वर्षाका कारण जमिन गलेकाले माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिरो हटाउनका लागि स्थानीयस प्रहरी र डोजर प्रयोग गरिएको छ । राजमार्गमा झरेको पहिरो हटाउन दिनभर लाग्ने बताइएको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);