पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडी । वर्षा पछिको पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा सवारीसाधन आवतजावत ठप्प भएको छ ।

मंगलबार बिहानै सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पहिरो हटाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भईरहेको भएपनि वर्षाका कारण प्रभावित भएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरु सडक मै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

पहिरोका कारण यस राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ । गएको असारदेखि हालसम्ममा पहिरोका कारण उक्त क्षेत्रमा १५ पटक भन्दा बढी सडक अवरुद्ध भईसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);