पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

फाइल फोटो

बैतडी । पहिरोका कारण महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर खण्ड अवरुद्ध भएको छ ।

महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर खण्डको सुर्नया गाउँपालिका–३ धरमघरमा शुक्रबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।

हाल पहिरो बसेको स्थानाम केही दिन अघि पनि पहिरो खसेको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा झण्डै २ दर्जनभन्दा बढी सवारी साधन रोकिएका छन् । प्रहरीले पहिरो हटाएर राजमार्ग सुचारु गराउन प्रयास गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);