पूर्वराजालाई गुहार्ने काम पुरा गरेको मुख्यमन्त्री शंकर पोखरेलको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पूर्वराजालाई गुहार्ने काम पुरा गरेको मुख्यमन्त्री शंकर पोखरेलको आरोप

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजालाई गुहार्ने काम पूरा गरेको आरोप लगाएका छन् ।

बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले हालको राष्ट्रपति संस्थाभन्दा पहिलेको राजा नै ठिक भन्ने टिप्पणी गरेका थिए । यसैलाई इंगित गर्दै मुख्यमन्त्री पोखरेलले दाहालबाट पूर्व राजा गुहार्ने काम पूरा भएको आरोप लगाएका हुन् ।

राजनीनिक प्रतिस्पर्धामा आफूलाई उच्च देखाउन पूर्वराजालाई गुहार्ने काम बाँकी रहेको र बिहीबार त्यो पनि पुरा भएको भन्दै मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । राजनीतिलाई अरानीतिक बनाउने खेल भएको भन्दै अझै अराजनीतिक बनाउन के बाँकी रह्यो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्–‘‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पुरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ?’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);