प्रदेश सरकारको अवस्था पहाडबाट तराई सरे जस्तो : मुख्यमन्त्री पोख्रेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

प्रदेश सरकारको अवस्था पहाडबाट तराई सरे जस्तो : मुख्यमन्त्री पोख्रेल

shankar-pokhrel

तुलसीपुर, २२ चैत । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारको अवस्था पहाडबाट तराई बसाइ सरेर आएको जस्तो भएको टिप्पणी गरेको छन् । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभामा मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकार नयाँ भएकाले बसाइ सरेर आएको जस्तो भएको टिप्पणी गरेका हुन् ।

प्रदेश सरकारका लागि पूर्वाधार नीति तथा कार्यक्रम अहिलेसम्म व्यवस्थित हुन नसकेको उनको भनाई छ । आगामी असारदेखि प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउने भन्दै मुख्यमन्त्री पोख्रेलले जनतालाई राहत हुनेगरि काम गर्ने दाबी गरे । उनले स्थानीय सरकार बलियो भएकाले जनताको काम प्रभावकारी ढंगबाट गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);