दिल्लीबाट काठमाडौं आउँदै गरेको टुरिष्ठ बसबाट भित्रियाे अवैध सामान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दिल्लीबाट काठमाडौं आउँदै गरेको टुरिष्ठ बसबाट भित्रियाे अवैध सामान

abaid taskari

काठमाडौं, २२ चैत । प्रहरीले भारतबाट टुरिष्ठ बसमा भित्रिएको ३० लाख बराबरको अवैध सामान बरामद गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले गोप्य सूचनाको आधारमा बुधबार विहान दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ६३०२ नम्बरको टुरिष्ट बसलाई नागढुंगा चेकपोष्टमा शंका लागि नियन्त्रणमा लिई अवैध लत्ताकपडाका सामानहरु बरामद गरिएको हो ।

टुरिष्ठ बस र त्यसका चालकलाई समेत नियन्त्रणमा लिइ आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

सो गाडीको हुट बडीको तलमाथि, दायाँवायाँ फल्स बटम बनाई कुर्था, सुरुवाल, प्रेसर कुकुर, छालाको पर्स, बेल्ट पोकापोका बनाइ लुकाईछिपाई राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरिएको सामान, सवारी साधन र पक्राउ परेका गाडीका चालक बारा निजगढका रामबहादुर थोकरलाई आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाउने तयारी गरिएको पनि जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले गाडीका सहचालक दोलखाका गणेश जिरेल, गाडीका धनी रमेश खड्का फरार रहेकाले खोजी कार्य जारी राखिएको पनि बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);