बढ्यो सुन तस्करी, फेरि १५ किलो सुन बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बढ्यो सुन तस्करी, फेरि १५ किलो सुन बरामद

३ माघ, काठमाडौँ । अवैध रुपमा युएइबाट नेपाल भित्राइएको ३३ केजी सुन बरामद भएको दुई साता नबित्दै प्रहरीले फेरि ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

बढ्यो सुन तस्करी

३ माघ, काठमाडाैँ । अवैध रुपमा युएइबाट नेपाल भित्राइएको ३३ केजी सुन बरामद भएको दुई साता नबित्दै प्रहरीले फेरि ठूलो परिमाणमा सुन बरामद गरेको छ । विषेश सुराकीको आधारमा बालाजु बृतबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति रसुवाबाट काठमाडौं आउँदै गरेको ना १ ज ४९६४ गोसाइकुण्ड यातायात व्यावसायी समिति लेखिएको टाटा सुमोबाट १५ केजी सुन बरामद गरेको हो । 

गाडिको अगाडी इन्जिनको व्याट्री राख्ने भागको पछाडी तर्फ फल्स बटम बानाइ लुकाइ राखेको अवस्थामा सुन बरामद गरेको महानगरिय प्रहरी परिसरका प्रहरी उपरिक्षक पद्युम्न कुमार कार्कीले जानकारी दिनुभयो । रसुवाको केरुङ हुँदै ल्याइएको सुन कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त सुनको बजार मूल्य ७ करोड दूइ लाख मूल्य बराबर रहेको छ । प्रहरीले सुन तस्करीमा प्रयोग भएको गाडी र चालक रविन्द्र भूजेललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जानाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);