माओवादीका नेताहरूले इमान नदेखाउँदा आफ्नै नेतृत्वको सरकार ढाले : शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

माओवादीका नेताहरूले इमान नदेखाउँदा आफ्नै नेतृत्वको सरकार ढाले : शंकर पोखरेल

बिकास डाँगी
दाङ
। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले माओवादीका नेताहरूले इमान देखाउन नसक्दा आफ्नै नेतृत्वको सरकार ढालेको आरोप लगाए ।

शनिबार दाङको तुलसीपुरमा नेकपा एमाले दाङ ३ नम्बर निर्वाचन क्षेत्रको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचनको बेला जनताको सामु हामी एउटै चुनावी घोषणा पत्रमा चुनाव लडेको भन्दै हिड्नेहरू अहिले कुर्सीका लागि झगडा गरेर आफ्नै नेतृत्व सरकार ढालेर जसका विरुद्ध गएर भोट मागिएको थियो, उसैलाई प्रधानमन्त्री बनाउने काम प्रचण्ड, माधव नेपालले गरेको समेत आरोप लगाए ।

त्यस्तै पोखरेलले नेकपा एमालेको विरुद्ध षड्यन्त्र र मोर्चा बन्दी गरेका छन्, उनीहरु अब जनताको बिचमा जान आट नभएको भन्दै उनीहरूलाई जनताले सजाय दिने समेत बताए ।

त्यसैगरी पोखरेलले फरक प्रसङ्गमा बाल्दै नेकपा एमालेको सरकारले लोडसेडिङ अन्त्य गर्नमा भूमिका खेलेको भएयता पनि एउटा कर्मचारीले चमत्कार देखायो भनेर प्रचार गरेको समेत बताए । उनले भने,‘ करिब ३ सय मेगावाट विद्युत भारतबाट किनेर लोडसेडिङ अन्त्य गरिएको हो । एउटा कर्मचारीले चमत्कार देखाएको भनेर यहाँ पुजा गर्ने गरिन्छ । तर, विद्युत प्राधिकरणबाट २७-२८ करोड पैसा पत्रपत्रिकालाई बाँडेर एउटा ब्यक्तिलाई नायक बनाइएको आज उजागर भएको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);