नेत्रृ झाँक्रीद्धारा एमसीसीको बिरोधमा उत्रिएको भन्दै अध्यक्ष ओली र उपाध्यक्ष रावलको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेत्रृ झाँक्रीद्धारा एमसीसीको बिरोधमा उत्रिएको भन्दै अध्यक्ष ओली र उपाध्यक्ष रावलको चर्को आलोचना

काठमाडाैं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको बिरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन ।

ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको बिरोधमा उभिएकोमा आक्रोश समेत व्यक्त गरिन । शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढनु परेको तर्क गरिन ।

उनले भनिन, ‘खडग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन । त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन । मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिशन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिशन के थियो ? महाकाली सन्धिका बेला ।’

नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणी समेत गरिन। उनले कम्युनिष्ट आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरुले सत्ताबाट हटाएको पनि पटकपटक दोहो¥याइन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);