सत्ता र पद लोभका कारण नेकपा विभाजनको स्थितिमा पुग्यो : मुख्यमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सत्ता र पद लोभका कारण नेकपा विभाजनको स्थितिमा पुग्यो : मुख्यमन्त्री पोखरेल

काठमाडौं, ११ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालको सत्ता र पद लोभका कारण नेकपा विभाजनको स्थितिमा पुगेको बताउनु भएको छ ।

शनिबार ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको दाहालले जिम्मेवारी अनुसार पार्टी एकताको काम नगरी पार्टी नै फुटाएको आरोप लगाउनु भयो ।

नेपाली काग्रेस, जनता समाजवादी लगायतका ठुला पार्टी चुनावको तयारीमा लागिरहेका बताउँदै दाहाल–नेपाल जनताबाट हारिने डरले प्रतिनिधि सभा पुनस्र्थापनाको रटानमा सडक आन्दोलन गरिरहेको पोखरेलले आरोप लगाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);