प्रचण्ड बिना कम्युनिष्ट एकता सम्भव छ : मुख्यमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रचण्ड बिना कम्युनिष्ट एकता सम्भव छ : मुख्यमन्त्री पोखरेल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिना कम्युनिष्ट पार्टीहरुका बीचमा फेरि एकता हुन सक्ने बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालको अवसरवाद, अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको मुख्यमन्त्री पोखरेलले आरोप लगाए । बुटवलमा आज जिउँदा जीवराज नामक वृत्तचित्र सार्वजनिक गर्दै पोखरेलले माओवादी नेता तथा कार्यकर्ताहरुको एमालेमा प्रवेश त्यसको प्रमाण भएको दाबी गरे ।
प्रचण्डले एमाले भित्रको अन्तरविरोधमा खेलेर एमाले फुटाउने काममा लागेको आरोप उनले आरोप लगाए

पछिल्लो तीन चार वर्षमा संघ, प्रदेश र स्थानीय सरकारका माध्यमबाट तयार गरिएका विकासका आधारशिला पूरा गर्न सके प्रचण्ड बिनाको वामपन्थी एकता कायम गर्न सकिने पोखरेलले बताए । पोखरेलले जिवराज आश्रितले गरेको त्याग र योगदान पार्टीभित्र अहिले ल्याएईएको कचिंगलको लागि नभएको भन्दै उनको योगदानबाट समेत शिक्षा लिनुपर्ने बताए । नेता पोखरेलले पार्टीको अनुशासनमा नबस्ने जोकोहीलाई पनि ढिलोचाँडो कार्यकर्ताले दण्डित गर्ने जिकिर गरे ।
अहिले पार्टी भित्रको अनुशासन उल्लंघन गर्दै पार्टीलाई चुनौती दिंदै हिड्ने कामलाई जिवराज आश्रित भएको भए माफी नपाउने र अनुशासन उल्लंघन गर्ने आँट पनि गर्न नसक्ने पोखरेलले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);