नेकपा नेपाल–दाहाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा नेपाल–दाहाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

काठमाडौँ, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल–दाहाल पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ ।केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि आज दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएको हो ।

बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको र आजको बेठकले संसद विघटनबारे अन्य दलहरुसँग संयुक्त आन्दोलन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड–नेपाल समूहले सडक संघर्षमार्फत यसको विरोध गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);