दाहाल–नेपाल नेकपामा पनि प्रवेश गर्‍यो भागवण्डाको राजनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दाहाल–नेपाल नेकपामा पनि प्रवेश गर्‍यो भागवण्डाको राजनीति

काठमाडौ ११ फागुन । तत्कालीन नेकपा एमाले र माओवादी एकीकरण भइ नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको साँढे दुई वर्ष भन्दा बढी भयो । तर पार्टीको संगठनात्मक एकताको काम पूरा हुन सकेको थिएन । हाल विभाजनको दिशामा गएको नेकपाको दाहाल–नेपाल पक्षले भने एकीकरणको काम टुंग्याउने गरी नयाँ सहमति गरेको छ । यो निर्णयले पार्टीपंक्तिलाई वास्तविक एकता भएको सन्देश दिन खोजेको विश्लेषण भैरहेको छ ।

प्रतिनिधि सभा विघटनपछि दुई पक्षमा विभाजित नेकपा आआफ्नो रणनीतिमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष चुनावको तयारीमा जुटेको छ भने दाहाल–नेपाल पक्ष प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा होमिएको छ । तर यहीबीच दाहाल नेपाल पक्षले विगतमा रोकिएको पार्टीको संगठनात्मक एकीकरणलाई पूर्णता दिने गर नयाँ सहमति गरेको छ । नयाँ सहमति अनुसार पूर्व एमाले र पूर्व माओवादीबीच आधा आधाको हैसियत रहने भएको छ । गत पुस २० गते बसेको स्थायी समितिको बैठकले अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनाइ यस्तो मापदण्ड तय गरेको हो । यो मापदण्ड तोकिनुको मुल कारण दुई पार्टीबीचको एकता समानताका आधारमा भएको सन्देश दिने रहेको नेता गिरिराजमणि पोखरेलले बताए।

यस्तै अर्का नेता रघुजी पन्तले विगतमा नेकपा गठन हुँदा ६० र ४० को अनुपातमा पार्टी एकीकरण भएपनि त्यो शीर्ष तहमा सिमित भएको बताए । तर अहिलेको एकीकरण आधाआधा हैसियतमा गरिने र तल्लो तहसम्म यसलाई कार्यान्वन गरिने उनको भनाई छ ।

यसअघि दुई फरक दल मिलेर एउटै बनेपनि नेकपालाई भावनात्मक रुपमा एउटै हुन नसकेको आरोप लाग्ने गरेको थियो । अहिले दाहाल–नेपाल पक्षले समान आधारमा संगठनात्मक संरचना बनाउने भएसँगै यसले वास्तविक एकीकरणको अनुभव दिने कार्यकर्ता जनहरु बताइरहेका छन् । अहिले दुई पार्टीबीच प्राविधिक एकता नभएको र वास्तविक रुपमा एक हुन चाहेको नै सन्देश दिने उद्देश्यले यो एकता भएको देखिएको छ । तर यो एकता विगतको जस्तै हुन्छ कि वास्तविक रुपमा सफल हुन्छ, त्यो हेर्न भने केही समय कुर्नै पर्छ ।तर भागवण्डाको राजनीतिले दुई पार्टीबीच तल्लो तहसम्म दुई खेमामा बिभाजन हने कुरा विगतको घटननै पर्यप्प्त छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);