प्रतिनिधि सभा विघटनपछि आज राष्ट्रिय सभाको पहिलो बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

प्रतिनिधि सभा विघटनपछि आज राष्ट्रिय सभाको पहिलो बैठक बस्दै

काठमाडौं, १७ पुष । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि आज राष्ट्रियसभाको पहिलो बैठक बस्दैछ । प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी कण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।

बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइने र त्यसपछि अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुकोतर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य राख्ने कार्यसूची छ । राष्ट्रियसभामा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रतिनिधित्व छ ।

सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपा पुष्पकमल दाहाल– माधवकुमार नेपाल पक्षक साथै कांग्रेस र जनता समाजवादी पार्टीले उक्त कदमको विरोध गरेका छन् । यस अवस्थामा बस्न लागेको राष्ट्रिय सभा बैठकलाई महत्वका साथ हेरिएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा दाहाल–नेपाल पक्षले आफूहरुसँग सबैभन्दा बढी अर्थात् करिब दुई दर्जन सांसद रहको दाबी गरेको छ । बैठक अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वर बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);