अहिलेको लडाँइ हामीले जित्नुपर्छ : दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अहिलेको लडाँइ हामीले जित्नुपर्छ : दाहाल

काठमाडाैं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपालका पक्षका अध्यक्ष पष्पकमल दाहालले अहिलेको युद्ध आफूहरूले जित्नुपर्ने बताएका छन् ।

मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले अहिले आफुहरु रक्तपातबिहीन शान्तिपुर्ण युद्धमा रहेको बताउँदै युुद्ध जित्ने विश्वास व्यक्त गरेका हुन् । प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा बहस पछि हेर्दाहेर्दै रहेको मुद्दालाई युद्धको संज्ञा दिँदै सो युद्ध आफुुहरुले जित्ने विश्वास व्यक्त गरेका छन् ।

अहिलेको युद्ध हामीले जित्नुपर्छ। लडाइँ त विभिन्न ढंगले चलिरहेको छ। अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास छ,’ उनले भने।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लामो मेहनत पछि एक भएको पार्टी फुटको बाटो रोजेर लोकतन्त्र र संविधान नै विसर्जन गर्न खोजेको आरोप समेत लगाएका छन्।
उनले भने ‘‘धेरै दुःख र मेहनतले पार्टी एकता गरिएको हो। एकताको झन्डा हामी उठाएका छौं। केपीजीले पार्टी, संविधान र लोकतन्त्रलाई विघटन र विसर्जनतिर लैजानु भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);