संसद पुनःस्थापना हुने र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुने विश्वास छ : दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

संसद पुनःस्थापना हुने र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुने विश्वास छ : दाहाल

जनकपुरधाम । जनकपुरधाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संसद पुनस्र्थपाना गर्नुका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम आएका अध्यक्ष दाहालले सर्वोच्चले संसद पुनःस्थापना गर्नुका साथै एक सय ४६ सांसदको हस्ताक्षरको आधारमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुन विश्वास रहेको बताएका हुन् ।

उनले संसद पुनः स्थापना नभए संविधान तथा लोकतन्त्रको मान्यता उल्लघंन गर्न हुने नजिर बन्ने भन्दै आफूले त्यसतर्फ कल्पना गर्न नसक्ने समेत बताए । यसका साथै दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतलाई समेत दबाव दिएकार थप निरंकुशता तर्फ अग्रसर रहेको आरोप समेत लगाएका छन्।

प्रधानमन्त्री ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा उजागर भईसकेको आरोप समेत उनले लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);