कांग्रेस नेता पौडेलले दिए सभापति देउवालाई बधाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कांग्रेस नेता पौडेलले दिए सभापति देउवालाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने अभियान सफल भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै संविधान रक्षा गर्ने आफूहरुको अभियान सफल भएको बताएका हुन् ।

नेता पौडेलले सर्वोच्चको आदेशले संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको टिप्पणी गरेका छन् । उनले यस निर्णयका लागि सर्वोच्चलाई धन्यवाद भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई बधाई पनि दिएका छन् । उनले लेखेका छन्–‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ ।

यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई १ सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्नुका साथै देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);