विपक्षी गठबन्धनको निष्कर्ष : देउवाको नेतृत्वमा सरकार, सानो आकारको मन्त्रीमण्डल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विपक्षी गठबन्धनको निष्कर्ष : देउवाको नेतृत्वमा सरकार, सानो आकारको मन्त्रीमण्डल

काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपुर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वस्थित निवासमा बसेको ५ दलिय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्वपुर्ण भएको भन्दै स्वागत गरेको छ । फैसलाले संविधानको रक्षा गरेकाले अदालतको ऐतिहासिक निर्णय सबै नागरिकको बिजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ ।

बैठक पछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड बैठकमा संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुराउनेलाई धन्यवाद पनि दिएको बताए । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरु मिलेर अघि बढ्ने बारे छलफल भएको बताए ।

उनले भने “सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुर्नवहाली पनि गरेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्च अदालतले ऐतिहासिक र महत्वपुर्ण फैसला गरेको छ । त्यसकारणले हामी पाँचै दलले सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद पनि दिएका छौ । यो निर्णय स्वागतयोग्य छ । यसले संविधानको रक्षा, लोकतान्त्रिक मुल्य मान्यता, र राष्ट्रियता र नागरिकको हक अधिकारलाई पनि यसले सुदृढ गराउने काम गरेको छ । ट्रयाक बाहिर गएको लोकतान्त्रिक मुल्यमान्यता माथि प्रहार भएकोमा अहिले ट्रयाकमा आएको छ । सरकार निर्माण गर्ने कुरामा, प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमासहमति र सहकार्यलाई अगाडि बढाउदै लैजाने र मिलेरै सरकार बनाउनुपर्ने र मिलेरै सरकार चलाउनुपर्ने अहिलेको सान्र्दभिकताका बारेमा छलफल भएको छ । सरकारमा जाने हकमा सानो आकारको मन्त्रीमण्डल बन्छ र भोली बिहान फेरि पार्टीका शिर्ष नेताहरु बैठक बस्नुहुनेछ । ”

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलिय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको बताए । लोकतन्त्रको रक्षा, संविधानको रक्षा, गणतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आएको फैसलाको स्वागत गर्दे सबैलाई आभार प्रकट गरिएको बताए । सरकार गठन एकलौटी ढंगले नचलाई सबै राजनीतिक दलहरुसंग सल्लाह गरेर फराकिलो ढंगले सरकार बनाई एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्नेमा नै सबैले जोड दिएको बताए ।

नेता नेपाल पक्षका नेता रघुजी पन्तले सर्वोच्चको आदेश संगै नया परिस्थिति श्रृजना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरुलाई आग्रह गरेको जानकारी दिए । एकलौटी र एकपक्षीय ढंगले चल्ने कुराको सधै विपक्षमा रहदै आएको भन्दै सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढंगले नचल्न आग्रह गरेको जानकारी दिए ।

उनले भने “एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमाले लगायत सबै राजनीतिक दलहरुसंग सरसल्लाह गरेर, उनीहरुलाई पनि साथमा लिएर अलि फराकिलो ढंगले सरकार बनाउने प्रयत्न गर्नुहोस् । लोकतन्त्र, गणतन्त्र संविधान र संघीयताको रक्षाका लागि दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अहिले पनि छ । गठबन्धनमा हाम्रो निरन्तरता नरहन सक्छ । पहिला पार्टीलाई एकतावद्ध बनाउँछौ र त्यसपछि सिंगो मुलुकको राजनीतिमा । गठबन्धनलाई पार्टीले अलपत्र पारेको छैन । हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छो । सिंगो एमालेलाई एकतावद्ध बनाउने हाम्रो प्रयास हो । ”

जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताए । उनले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्ने बारे गठबन्धनमा छलफल भएको बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);