कांग्रेसद्धारा सर्वोच्चको फैसला स्वागत, संविधानलाई ट्रयाकमा फर्काएको देउवाको भनाई | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कांग्रेसद्धारा सर्वोच्चको फैसला स्वागत, संविधानलाई ट्रयाकमा फर्काएको देउवाको भनाई

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन जारी गरेको परमादेश ऐतिहासिक भएको भन्दै कांग्रेसले यसको स्वागत गरेको छ ।

सभापति देउवाले विज्ञप्ति जारी गर्दै सर्वोच्चको ऐतिहासिक निर्णयको स्वागत गरेका हुन् । सर्वोच्चको यस फैसलाले लिक बाहिर गएको संविधानलाई आफ्नो स्थानमा फर्काएकाले न्यायापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको देउवाको भनाई छ ।

विज्ञप्तिमा लेखिएको छ–‘ सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु । यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ ।’

लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि परेका राजनैतिक दलहरू, सबै कानून व्यवसायीलगायतलाई बधाई ज्ञापन समेत गरेका छन् ।

सर्वोच्चको फैसलाले देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर लाग्न अझै जिम्मेवार बनाएको देउवाको तर्क छ । साथै देउवाले यसलाई व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गर्न समेत आपिल गरेका छन् ।

‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ । कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपिल र आग्रह पनि म गर्न चाहन्छु । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);