सर्वोच्चको फैसलाले राज्यका ३ अगंबीचको सन्तुलन खल्बलायो : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्वोच्चको फैसलाले राज्यका ३ अगंबीचको सन्तुलन खल्बलायो : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले सोमबार गरेको फैसलाले राज्यका ३ अगंबीचको सन्तुलनलाई खल्बलाएको टिप्पणी गरेका छन् ।

मंगलबार बालुवाटरबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले लोकतन्त्रको आधार स्तम्भका रुपमा रहेका राज्यका ३ अगंबीचको सन्तुलनलाई सर्वोच्चको फैसलाले खल्बलाइ दिएको हो । सर्वोच्चको निर्णयले क्षणिक रुपमा कसैलाई हर्षित बनाएपनि लोकतन्त्रको मूल्यमा खलल पु¥याएको उनको भनाई छ ।

सर्वोच्चको यो निर्णयले लोकतान्त्रिक प्रणालील र दलीय व्यवस्था बलियो बनायो कि कमजारे बनायो जस्ता प्रश्न खडा गरेको समेत उनले जिकिर गरे ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);