लुम्बिनीका सांसद हटाउनु फर्जी कार्य हो, जसपा नेता राजेन्द्र महत्व | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

लुम्बिनीका सांसद हटाउनु फर्जी कार्य हो, जसपा नेता राजेन्द्र महत्व

rajendra-mahato

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद पदबाट निलम्बित भएको निर्णय मान्य नहुने बताएका छन।नेता महतोले सांसद पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै कुनै पनि हालतमा फर्जी कार्य स्वीकार नहुने बताएका हुन । महतोले लुम्बिनीका सभामुखले गलत काम गरेको बताए छन । कम्युनिष्टहरुले आफ्नो पार्टी गोलमाल बनाएपछि जसपाभित्र पनि त्यही गर्न लागेको उनले बताएका छन ।

६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार सांसदलाई त्यसै दिन मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए । बिहीबार प्रदेशसभा

सचिवालयले प्रकाशित गरेको सूचनामा जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभासदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);