पहिरो पन्छाएपछि सूचारु भयो महाकाली राजमार्ग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पहिरो पन्छाएपछि सूचारु भयो महाकाली राजमार्ग

बैतडी । पहिरोका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग सूचारु भएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर खण्डको सुर्नया गाउँपालिका–३ धरमघरमा शुक्रबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध थियो ।

सडकमा रहेको पहिरो पन्छाएपछि दिउँसोबाट राजमार्ग सञ्चालनमा आएको प्रहरी कार्यालय बैतडीले बताएको छ । विगत केही दिनदेखि परेको निरन्तर वर्षाका कारण शुक्रबार बिहान पहिरो झरेको थियो । राजमार्ग अवरुद्ध हुँदा बीच बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);