गण्डकी प्रदेश अन्तर्गत सिचाईको काम ८५ प्रतिशत पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

गण्डकी प्रदेश अन्तर्गत सिचाईको काम ८५ प्रतिशत पुरा

पर्वत। कोरोना कहरसंगै पर्वतस्थीत जलश्रोत तथा सिचाई डिभिजन कार्यालयले चालु वर्षको ११ महिनामा ८५ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । चालु वर्ष साना तथा ठुला योजना सम्पन गरेको कार्यालयले जनाएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालय र गण्डकी प्रदेश अन्तर्गत जलश्रोत तथा सिचाई डिभिजन कार्यालय अन्तर्गत शर्सत र प्रदेश अन्तर्गत नदि नियन्त्रण समेत हालसम्म भौतीक प्रगति ८५ प्रतिशत भएको जनाएको छ ।

भौतिक प्रगति उल्लेख्य भएको भए पनि बित्तिय प्रगति ६२ दशमलबं. २ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।हालसम्म सम्पन्न भएका १९ र निमार्णधिन २८ योजना छन् । केहि योजना निर्माणको अन्तिम चरणमा रहेकोले असार मसान्त सम्म सम्मपन्न हुने सुचना अधिकारी जगन्नाथ खनालले बताए । उपल्ब्धी को लक्ष्य सिंचाई अन्तरर्गत १९ सय ७४ हेक्टर जमिनमा सिंचाई हुने नहर तथा कुलो निर्माण भएका हुन् । त्यस्तै नयाँ कुलो सुधारतर्फ ३ सय ४९, पुर्नास्थापना तथा सुधारतर्फ ९६५ हेक्टरको काम भएको कार्यालयले जनाएको छ ।

३४९ हेक्टर नयाँ कुलो सुधार गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु वर्ष मात्रै २९४ हेक्टरमा सिंचाई थपिएको कार्यालयले बताएको छ । त्यस्तै कार्यालयले नदी नियन्त्रणतर्फ संरचना अन्तरगत २७ र जग्गा उकास मा १४ हेक्टर क्षेत्रफल बिस्तार गरेको दाबी गरेको छ । कोरोना कारण पनि प्राय योजना अगाडि नै समस्या नभएको बताउदै काम र अनुगमन पनि भइरहेको कार्यालय प्रमुख थलबहादुर तामाङ्गले बताए ।

पुन स्थापना सुधारका धेरै आयोजना भएका कारण सिचाईको क्षेत्र विस्तार नभएपनि वितीय भौतीक प्रगती गण्डकी प्रदेशमै बढी भएको कार्यलयको दावी छ । कार्ययलयले वर्षौ पहीलो निर्माण भएका सिचाई आयोजना हरु मर्मत सम्भार काठेपोल प्रतिस्थापन तथा कालीगण्डकी जलाधार संरक्षण लगायतका संघिय कार्यक्रम सम्पन्न गरेको हो । समयमै टेण्डर आह्वान, उपभोक्ता समीती भन्दा ठेकेदार प्रणली मार्फत काम गर्दा प्रगती हाँसील गर्न सहज भएको कार्यलयको जनाएको छ ।

कोरोना कहरको विचमा पनि मजदुरको व्यवस्थापन सहज बनाईदिएपछि काममा प्रगती हाँसील गर्न सहज भएको कार्यलयका प्रमुख तामाङको दाबी छ ।जिल्लामा कुल २८ हजार हेक्टर कृषि योग्य जमीनभएकोमा २४ हजार हेक्टर जमीनमा खेती हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);