प्यूठानको लुङग्रीमाडि सिचाई आयोजना अझै अन्यौलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्यूठानको लुङग्रीमाडि सिचाई आयोजना अझै अन्यौलमा

हरि भण्डारी ,२१ फागुन प्यूठान ।
प्यूपाठनको माडिमा सिंचाई समस्या उस्तै रहेको छ । २९ वर्षदेखिको सिंचाई आयोजना निर्माणको सपना देखेका प्यूठानका माडिवासि आयोना पुरा हुन नसकेकोमा निकै चिन्तित देखिएका छन् । राजनीतिक खिचातानीका कारण अन्योल बनेको सिंचाइ आयोजना कहिले पुुरा होला भन्दै उनीहरु प्रश्न

प्यूठानको लुङग्रीमाडि सिचाई आयोजना अझै अन्यौलमा

 हरि भण्डारी ,२१ फागुन प्यूठान ।
प्यूपाठनको माडिमा सिंचाई समस्या उस्तै रहेको छ । २९ वर्षदेखिको सिंचाई आयोजना निर्माणको सपना देखेका प्यूठानका माडिवासि आयोना पुरा हुन नसकेकोमा निकै चिन्तित देखिएका छन् । राजनीतिक खिचातानीका कारण अन्योल बनेको सिंचाइ आयोजना कहिले पुुरा होला भन्दै उनीहरु प्रश्न गर्छन् ।

२९ वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको प्यूठानको लुङग्रीमाडि सिचाई आयोजना अझैपनि पुरा हुन सकेको छैन । विक्रम संवत् २०४४ सालदेखि निर्माण सुरु भएको उक्त योजनामा हालसम्म १२ करोड ३४ लाख ६० हजार वढि रुपैयाँ लगानी भइसकेको सिचाई डिभिजन कार्यालय प्यूठानका प्रमुख कृष्णवहादुर विकले वताउनुभयो ।

वर्षौ अगाडि निर्माण भएका संरचनाहरु पुराना हुन थालेका छन भने सिर्प, तेवाङ र अरेस–जुम्रिकाढा जोडने मोटरवाटो निर्माण कार्यले नहरको संरचनालाई झनै क्षतविच्छेद बनेको छ । सडक निर्माण कार्य लगायत विविध कारणले सिचाई आयोजनामा करिव एक करोड वरावरको क्षति भएको सिंचाई डिभिजन कार्यालयले जनाएको छ ।

पछिल्लो समय अव्यवस्थित सडक निर्माण कार्यले पूर्णता पाईसकेको संरचनामा अत्याधिक क्षति पुगेको स्थानियले गुनासो छ । कुनैपनि सिंचाई सुविधा नभएको २ सय ३० हेक्टर जमिनमा सिचाई गर्न सक्ने १२ किलोमिटर लम्वाईको सिचाई आयोजनाको ९ किलोमिटर ५ सय मिटर संरचना निर्माण भइसकेको छ। तेवाङ र सिर्प जोडने मोटरवाटोले लुंग्री मुहान क्षेत्र पुरेकाले जुतुङ खोलावाट यो आर्थिक वर्षमा सिचाई सञ्चालन गर्ने योजना थियो । तर, अरेस–जुम्रिकाढा सडकले पुनः आयोजनामा क्षेति गरेपछि समयमै योजना सम्पन्न गर्न वाधा परेहो हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);