कुलो निर्माणमा कमसल सामाग्री प्रयोग भएको भन्दै स्थानिय आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कुलो निर्माणमा कमसल सामाग्री प्रयोग भएको भन्दै स्थानिय आन्दोलित

ओमप्रकाश गुप्ता,
दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं ३ मा निर्माणाधिन सिंचाई कुलोमा कमसल सामाग्री प्रयोग भएको भन्दै स्थानिय आन्दोलित भएका छन् । लुम्बिनी प्रदेश सरकारबाट प्रगन्ना सिचाई आयोजनामा आएको ३ करोड बढी बजेट मध्ये कटाहासम्मको करिव ६ सय मिटर लम्बाईको कुलो निमार्णमा कमशल काम भएको स्थानीयको दावी छ ।

प्रगन्ना सिचाई आयोजनाले गठन गरेको उपभोक्ता समितिसँग मिलेर साउने झरीमा पनि रातारात काम गरी काम सिध्याउने र बजेट हिनामिना गर्ने योजना बनाएको स्थानीय किसानहरुको आरोप छ ।

कुलोको पर्खाल र ढलानमा सिमेन्ट भन्दा बालुवा बढी हालेको, ५ वटा छड हाल्नुपर्नेमा ४ वटा हालेको, पि.सि.सि र आर.सि.सिको बीचमा झण्डै ५ इन्चको फरक रहेको पाइएको छ । उपभोक्ता समितिका अध्यक्ष टंकनाथ चौधरीले भने कामको बचाउ गर्नु भएको छ ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जमा उजुरी परेपछि अनुगमन भएको छ । स्थानीयहरुले बनिरहेको संरचनालाई भत्काएर नयाँ कुलो निमार्ण गर्न माग राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);