तुलसीपुरका कृषक आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तुलसीपुरका कृषक आन्दोलित

dang krishak

गोपाल शर्मा भट्टराई
दाङ, १ साउन
। दाङ तुलसीपुर उपमहानगरपालिका कृषक आन्दोलित भएका छन् । उपमहानगरपालिकाको लापरबाहीले सिंचाइ सुविधा नहुँदा खेत बाँझै रहेको भन्दै कृषक आन्दोलित भएका हुन् ।

साउन महिनासम्म पनि दाङ तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा धान रोपाइँ हुन सकेको छैन । रोपाइँ गर्न नपाएपछि कृषकहरु आन्दोलित भएका छन् । उपमहानगरपालिकाको सिफासिरमा नदीजन्य बस्तुको उत्खनन् गर्दा मुहान भासिएकाले सिचांइ नहुँदा खेत बाँझै भएको भन्दै कृषक आन्दोलित भएका हुन् ।

तुलसीपुर वडा नम्बर ११ र १२ का कृषकहरुले सिचांइको माग गर्दै उपमहानगरपालिकामा धर्ना तथा कार्यालय घेराउ गरेका छन । ढुङ्गा गिट्टी बालुवा उल्खन्न गर्न सिफारीस दिँदा कुलो खोलाको सतहभन्दा माथि आएकोले समस्या भएको कृषकहरुको भनाइ छ ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कृषकहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सिंचाइ नहुँदा झण्डै १२ सय बिघा खेत बाँझै रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);