बिजुली बत्ती बाल्नै नपाउनेहरूका लागि बिजुलीको पहुँचमा चाँडो पुर्याउछु : मन्त्री भुसाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिजुली बत्ती बाल्नै नपाउनेहरूका लागि बिजुलीको पहुँचमा चाँडो पुर्याउछु : मन्त्री भुसाल

pampha bhusal

काठमाडौं । नवनियुक्त उर्जा,जलसा्रेत तथा सिंचाई मन्त्री पम्फा भुसालले पदबहाली गरेकी छिन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भुसालले देश र जनताको सपना पूरा गर्न आत्मसाथ गर्दै राम्रो परिणाम निकाल्न प्रतिबद्ध हुने बताएकी हुन् ।

उनले आफू जनताको छोरी भएको भन्दै व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले आफ्नो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने भएको बताएकी हुन् । काममा कुनै पूर्वाग्रह नराख्ने तर, परिणाममुखी काम निकाल्नुपर्ने उनको भनाई रहेको छ ।

उनले कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिने भन्दै बिजुली बत्ती बाल्नै नपाउनेहरूका लागि उनीहरूलाई बिजुलीको पहुँचमा चाँडो पुर्याउने पनि बताइन् । कृषि प्रधान देश भनिए पनि सिचाइँको समस्या ठुलो भएको भन्दै मन्त्री भुसालले सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पु¥याउन लाग्नुपर्नेमा जोड दिएकी छिन् ।

बर्तमान सयमा देशले ठूलो क्षेति व्यहोरिरहेको बताउँदै उनले पहिलो प्राथामिक्ता जनता रहेको समेत उल्लेख गरेकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);