पेट्रोलियम पदार्थको बिकल्पको रुपमा जल उजा : मन्त्री भुसाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पेट्रोलियम पदार्थको बिकल्पको रुपमा जल उजा : मन्त्री भुसाल

pampha bhusal

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रि आफ्नोे देशबाट उत्पादित जल उर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताएकी छिन् । विद्युत विकास विभागको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो बिकल्पको रुपमा जल उर्जा भएको बताएकी छन् ।

यस्तै निजी क्षेत्रले बनाउने जलविद्युत लगायतको संरनाबाट सरकार र स्थानीय जनताले निरन्तर रुपमा लाभ लिनसक्ने खालको बनाउन पनि आवश्यक रहेको बताइन् । यस्तै नीजि क्षेत्रले एउटा निश्चित समयसम्म चलाउने शर्तमा निर्माण गरेपछि त्यतिको लागि मात्र भौतिक संरचना बन्नुनहुने बताए ।

त्यस्ता संरचनाबाट सरकार र स्थानीय जनताले दीर्घकाल सम्म लाभ लिन सक्ने संरचना बनाउल जोड दिनुपर्ने मन्त्री भुसालले बताइन्। यो क्षेत्र अरु क्षेत्रको लगानी भन्दा सुरक्षित क्षेत्रको लगानी भएको बताउँदै मन्त्री भुसालले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिन समेत आग्रह गरेकी छिन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);