सर्वोच्च अदालतको आदेशको विरोधमा एमालेले देशभर भण्डारफोर अभियान सञ्चालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सर्वोच्च अदालतको आदेशको विरोधमा एमालेले देशभर भण्डारफोर अभियान सञ्चालन गर्ने

काठमाडाैं । नेकपा एमालेले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ ।

शुक्रबार संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको नेकपा (एमाले)को संसदीय दलको बैठकले सर्वोच्च अदालतले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ लैजानेगरी फैसला गरेको भन्दै त्यसका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले संविधानको अपव्याख्या गरेर र दलीय व्यवस्थाको उपहास गरेर मुलुकलाई निर्दलीयतातर्फ लैजान खोजिएकाले संसदीय दलको बैठकले आपत्ति जनाएको प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । सवोच्चको फैसलाको विरोधमा देशभर भण्डाफोर गर्ने निष्कर्ष निकालिएको उनले बताए ।

बैठकले ओली नेतृत्वको सरकारले बाढीपहिरो पीडित घाइतेलाई निशुल्क उपचार गर्ने घोषणा गरेको भन्दै वर्तमान सरकारसँग घाइतेको निशुल्क उपचार गर्न माग पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);