प्रतिनिधिसभा पुनःस्थापना गर्ने सवोच्चको आदेशको सम्मान र स्वागत गर्दछु : योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सवोच्चको आदेशको सम्मान र स्वागत गर्दछु : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत र सम्मान गरेका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको निर्णय गरेपछि नेता भट्टराईले सर्वोच्चको आदेशको सम्मान र स्वागत गर्ने बताएका हुन् ।

साथै उनले बदलिएको परिस्थितिमा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्तालाई संयम र धैर्यताका साथ अघि बढ्न समेत आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु ।

बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु ।

हिजो भएको १० बुदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने बिश्वास व्यक्त गर्दछु ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);