अदालतप्रतिको विश्वास, अदालतको फैसला र आदेशको गुणस्तरीयतामा निर्भर हुन्छ : सुवेदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

अदालतप्रतिको विश्वास, अदालतको फैसला र आदेशको गुणस्तरीयतामा निर्भर हुन्छ : सुवेदी

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नहकुल सुवेदीले अदालतप्रतिको विश्वास, अदालतको फैसला र आदेशको गुणस्तरीयतामा निर्भर हुने बताएका छन् ।

शुक्रबार संसदीय सुनुवाई समितिको बैठकमा सुनुवाईको क्रममा बोल्दै न्यायाधीश सुवेदीले अदालतको आधार भनेको अदालतप्रतिको आस्था र विश्वास भएको र अदालतले गर्ने कामकारबाही, फैसला र आदेशको गुणस्तरीयताले अदालतलप्रतिको विश्वास कायम हुने बताएका हुन् ।

न्यायाधीशले स्वतन्त्र र निष्पक्ष भएर फैसला ग¥यो भने मात्रै अदालतप्रतिको आस्था र विश्वास बढ्दै जाने पनि सुवेदीले बताए । उनले भने ‘अदालतको आस्था प्राप्त गर्ने भनेको अदालतलाई प्राप्त अधिकारहरुको आधारमा होईन, अदालतले गरेको काम कारबाही, फैसला र आदेशको गुणस्तरीयता र प्रभावकारिता, जति गुणस्तरीयता र प्रभावकारिता कायम गर्न सक्छ तबमात्रै आस्था र विश्वास आर्जन गर्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको न्यायाधीशले स्वतन्त्र, निष्पक्ष भएर फैसला गर्नु हो । न्यायाधीशले स्वतन्त्र र निष्पक्ष भएर फैसला ग¥यो भने अदालतप्रतिको आस्था र विश्वास स्वत्ः बढ्दै जान्छ ।’

सुवेदीले न्यायाधीशले गर्ने फैसला र आदेशलाई औसतमा राम्रो गरेको छु भन्ने छुट नहुने बताए । न्यायाधीशले आकासै खसेपनि न्याय गर्नुपर्ने बताए । हरेक मुद्दामा ‘पर्फेक्ट जस्टीस्’ हुनुपर्ने पनि बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);