प्रधानमन्त्रीले बनाउने मन्त्रिपरिषदमा प्रधानन्यायाधीशलाई जोड्नु अदालतको नेतृत्वप्रति दूषित मनसाय : सर्वोच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रधानमन्त्रीले बनाउने मन्त्रिपरिषदमा प्रधानन्यायाधीशलाई जोड्नु अदालतको नेतृत्वप्रति दूषित मनसाय : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भाग मागेको खबरमा गम्भीर ध्यानाकर्षण जनाएको छ ।

प्रवक्ता बाबुराम दाहालले सोमबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीले बनाउने मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशलाई जोडेर न्यायालयप्रति जनविश्वास घटाउने र नेतृत्वलाई बदनाम गर्ने कार्य दु:खद भएको उल्लेख गरेका छन् ।

‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरन्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद् र खेदजन्य विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानबमोजिम स्वतन्त्र, स्वायत्त एवं संवेदनशीलताका साथ क्रियाशील रहनुपर्ने संस्था र त्यसको नेतृत्वप्रति कुत्सित मनसाय राखी लान्छित गर्नु अत्यन्त दुःखद् अवस्था हो ।’  

प्रधानन्यायाधीशबाट नेपालको संविधानबमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा आफ्नो स्पष्ट प्रतिबद्धता रहेको स्मरण गराउँदै विज्ञप्तिमा सर्वोच्च अदालतको अमुक फैसलासमेतका सन्दर्भ जोडी यसप्रकारका समाचार आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दुषित मनसायबाहेक अरू केही हुन नसक्ने उल्लेख छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);