सर्वदलीय बैठक बस्दै , दाहाललाई फोनबाट प्रधानमन्त्रीकाे निम्तो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सर्वदलीय बैठक बस्दै , दाहाललाई फोनबाट प्रधानमन्त्रीकाे निम्तो

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्माको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले आज बिहान ११ बजे बालुवाटारमा शनिबार सर्वदलीय बैठक बोलाएको हो ।

मुलुकको विद्यमान राजनीतिक परिस्थिति संसद्को हिउँदे अधिवेशन, कोरोना महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्या लगायत विषयमा दलहरूको सुझाव लिन बैठक बोलाएको बताएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका सहभागी हुने छन् ।

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाई फोन गरेर सर्वदलीय बैठकको निम्तो दिनु भएको बताइएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैत्र ३ गते सर्वदलीय बैठक बोलाएको थियो । ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);