फ्लोर क्रस गर्ने चार जना नेतालाई कारबाही गर्न एमाले संसदीय दल कर्णाली प्रदेशको सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

फ्लोर क्रस गर्ने चार जना नेतालाई कारबाही गर्न एमाले संसदीय दल कर्णाली प्रदेशको सिफारिस

काठमाडौं। नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिने चार जना नेतालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

महेन्द्रबहादुर शाहीको सरकारले विश्वासको मत पाएपछि बसेको कर्णाली प्रदेश एमाले संसदीय दलले फ्लोर क्रस गर्ने ४ नेतालाई पार्टीको साधारण सदस्य र सांसद पदबाट हटाउनका लागि प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

नेकपा एमाले नेपाल –खनाल पक्षका चार जना नेतालाई पार्टीको साधारण सदस्य र सांसद पदबाट हटाउनका लागि प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

बैठकले पार्टीको ह्वीप उल्लंघन गरेको निष्कर्ष निकाल्दै प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद पदबाट हटाउन सिफारिस गरिएको छ र विश्वासको मतमा हस्ताक्षर गरी फिर्ता लिएकी देवी ओलीलाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);