फ्लोर क्रस गर्ने तीन जना नेतालाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

फ्लोर क्रस गर्ने तीन जना नेतालाई कारबाही

karnali

काठमाडाैं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको शनिबारको बैठकले शुक्रबारदेखि नै लागू हुने गरी पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको अध्यक्ष गोरख बोगटीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

फ्लोर क्रस’ गर्ने चार जनामध्ये नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ । साथै एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यसमेत रहनुभएका अर्का सांसद प्रकाश ज्वालालाई पनि पार्टीबाट निष्कासन गर्न केन्द्रलाई सिफारिस गरिएको छ ।

प्रेस विज्ञप्तिमा मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरी जघन्य अपराधपूर्ण काम गरेको ठहर गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);