विनाशको बाटोमा एमाले नेताहरु (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विनाशको बाटोमा एमाले नेताहरु (भिडियाेसहित)

सत्तारुढ दल नेकपा एमालेभित्रको अन्तर कलह र किचलो कुन तहमा विस्तारित भएको छ भन्ने कुरालाई कर्णाली प्रदेश सभामा भएको मतदानले पुष्टि गरेको छ । सत्तारुढ दलभित्रको यो किचलो यहि रुपमा अन्यत्र पनि बिस्तारित हुँदै गए एमाले वर्तमान स्वरुपमै रहिरहने कुरामा प्रशस्त शंका उब्जिएको छ । केन्द्रीय नेतृत्व तहमा रहेको आन्तरिक मतभिन्नताले यतिबेला पार्टी पद्दतीकै खिल्ली उडाईरहेको छ भने विवाद विस्तारै केन्द्रबाट प्रदेश हुँदै स्थानीयतहसम्मै पुग्ने लगभग निश्चित बनेको छ ।

पछिल्लो समय नेकपा विघटनमा परेर दुबै एकिकृत पार्टी नेकपा एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा छन् । यही कारण कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम अनुसार प्रदेश सभामा मतदान कार्यक्रम आयोजना गरिएको थियो । प्रदेश सभाको कुल ३९ स्थानमा एमालेको २० स्थान रहेकै कारण मुख्यमन्त्री शाहीले काँग्रेस र राप्रपाको साथ पाएको स्थितीमा पनि विश्वासको मतमा बहुमत हासिल गर्ने अबस्थै थिएन । तर, परिणाम भने सोचे भन्दा उल्टो आईदियो ।

शाहीमाथी २२ जना प्रदेश सभा सदस्यहरुले विश्वास जनाए । माओवादी केन्द्रको १२ मत, नेपाली काँग्रेसको ६ मत र नेकपा एमालेकै प्रकाश ज्वाला सहितका ४ जना सदस्यले शाहीका पक्षमा मतदान गरेर शाहीलाई बहुमत पु¥याईदिएका थिए । राप्रपा मतदानमा तटस्थ बसेको थियो । कर्णाली प्रदेशमा एमालेबाटै फ्लोर क्रस गरेर पार्टी निर्देशन र ह्विपको उल्लंघन मात्रै गरिएन, पार्टी पद्दतीकै हुर्मत लिने काम असन्तुष्टिका नाममा माधवकुमार नेपाल खेमाका प्रदेश स्तरका नेताबाट भयो ।

नेतृत्व बिचका सामान्य विवादलाई पार्टीकै साखमा असर पर्ने हदसम्म नेपाल खेमाले चर्काउनुले वर्तमानमा पार्टीलाई केही क्षती पुगेपनि प्रकारान्तरमा यी नेताहरुको भबिष्य नै धरापमा पर्दै जाने देखिन्छ । पार्टीभित्रको विवादलाई यहि रुपमा चर्काउँदै जाँदा कतै विवादको केन्द्रमा रहेका नेपाल पक्षको अबस्था महाभारतका पात्रहरुकै जस्तो हविगतमा नपुगोस्, यहि कामना मात्रै गर्न सकिन्छ यतिबेला ।

सत्तारुढ दलको केन्द्रिय नेतृत्वमा देखिएको मतभेदका कारण पार्टीको आन्तरिक राजनीति तरल बन्दै गएको छ । यो विवाद विस्तारित भएर अहिले प्रदेशतहमा पुगेको छ । प्रदेश एक र बागमती प्रदेशमा रहेको विवाद हाललाई केही मत्थर भएपनि गण्डकी प्रदेशको अबस्थालाई सुखद भन्ने स्थिती छैन । कर्णाली प्रदेशमा एमालेको रणनीति पुरै परास्त भएको छ । गणितीय हिसाबले पनि एक्लै एमालेको सरकार बन्ने स्थिती रहेको कर्णालीमा एमालेकै प्रदेश सभा सदस्यकै राजनैतिक बेईमानीका कारण त्यहाँ एमाले पुरै असफल भएको छ । र यो रोग अब अन्यत्रका प्रदेश राजनीतिमा नसर्ला भन्न सक्ने अबस्थै रहेन ।

कर्णालीको पछिल्लो घटनाले अपेक्षाकृत सबैभन्दा सुरक्षित मानिएको लुम्बिनी प्रदेश सरकारको भबिष्य समेत धरापमा पर्दै गएको बुझ्न सकिन्छ । यतिबेला एमालेको नेतृत्वतहमा देखिएको बैरी साँध्ने प्रवृतीले पार्टीलाई नै आफ्नो साख जोगाउन हम्मे हम्मे परिरहेको छ । बिगतमा पार्टीकै नेतृत्वमा बसेका र पुनः नेतृत्वमा दावा गर्ने सम्भावना रहेकाहरुको यो पछिल्लो अराजक गतिवीधिले मुलुकको राष्ट्रिय राजनीतिमा समेत नकारात्मक छाप छाड्ने निश्चित छ ।

पार्टीभित्रकै मनोमालिन्यका कारण एमाले पार्टीका केही नेताहरुको भबिष्य यतिबेला संकटमा छ । यो अबस्था पार्टीभित्र आफ्नो अभिष्ट साँध्ने मनोवृतीले निम्त्याएको हो । नेतृत्वसँगका असन्तुष्टि र आक्रोश पोख्ने थलो पार्टी बन्नै सक्दैन । यदि नेतृत्वप्रतिको रिस पार्टीमा पोख्ने हो भने त्यस्तो ब्यक्ती वा समुह पार्टीप्रति वफादार छ भन्ने मान्नै सकिन्न । र यो घातप्रतिघातलाई यसरी नै पार्टी हित विपरित प्रयोग गर्दै जाने हो भने पार्टी त के पार्टीकै कारण आफ्नो हैसियत बनाएका कोहीपनि राजनैतिक रुपमा सुरक्षित रहने ग्यारेण्टी छैन ।

त्यसैले केन्द्रीय तहमा रहेको एउटा सिमित घेराभित्रको यो विवाद त्यही घेरामै सिमित राखेर समाधानका उपाय खोज्नु नै बुध्दिमानी हो, ब्यक्तिगत अहम्तुष्टीका लागि, आफ्ना कुण्ठा र आवेग पुर्तीका लागि पार्टी कुनै हालतमा उपयोगमा ल्याईन हुँदैन, र यदि त्यस्तो नै हो भने त्यो विवेक सम्मत राजनीति नभएर अराजक भीडतन्त्रमात्रै बन्न जान्छ । अन्य पार्टीको कठपुतली जस्तो मात्रै देखिन्छ ।

फेरी कर्णाली घटनाले त एमाले अध्यक्ष ओलीलाई भित्तामै पु¥याउने कसम नै खाएका माओवादी अध्यक्ष प्रचण्डसँगको नेपाल पक्षको हिमचिम कुन तहसम्म रहेछ ? भन्ने समेत पुष्टी गरिदिएको छ । तर, कर्णालीमा जुन अराजकता देखियो त्यो त्यहींसम्म सिमित हुनु पर्दछ, कर्णालीको घेरा नाघेर त्यो अराजकता अन्यत्र छाडा साँढे जस्तै बुर्कुसी नमारोस् । यसैमा एमालेको कल्याण छ, हैन भने जनताले राम राम मात्रै भन्ने हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);