कर्णाली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कर्णाली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृत

काठमाडाैं, २८ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत गरेको छ ।

गत मंगलबार मुख्यमन्त्री शाहीलाई बुझाइएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको राजीनामा शनिबार स्वीकृत गरिएको हो ।

मुख्यमन्त्री शाहीले यी खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिएको छ । पछिल्लो समय नेकपा विवाद सुरु भएयता सर्वोच्चले नेकपा बन्न एक भएका एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्किन फैसला गरेपछि एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

जसअनुसार एमालेका तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए । माओवादी र एमाले अलग भएपछि कर्णालीको सरकार अल्पमतमा परेको छ। एमाले संसदीय दलको बैठकले चैत ५ गतेबाट लागू हुनेगरी माओवादी नेतृत्वका कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

मुख्यमन्त्री शाहीले भने संसदबाट विश्वासको मत लिने प्रक्रियामा जाने वा राजीनामा दिने भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);