खोप आपूर्ति तत्काल सुचारु गर्न भारतलाई स्वास्थ्य मन्त्री त्रिपाठीको पनि फोन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

खोप आपूर्ति तत्काल सुचारु गर्न भारतलाई स्वास्थ्य मन्त्री त्रिपाठीको पनि फोन

hridayesh tripati

काठमाडौं, २८ चैत । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्ति तत्काल सुचारु गर्न भारतलाई आग्रह गरेका छन् ।

भारतीय समकक्षी हर्षवद्र्धनसँग टेलिफोन वार्ता गर्दै मन्त्री त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेका हुन् ।

अवरुद्ध खोप आपूर्तिलाई सुचारु गर्न स्वास्थ्यमन्त्री त्रिपाठीले आग्रह गरे पछि भारतीय स्वास्थ्यमन्त्री हर्षवद्र्धनले सिरम इन्स्टिच्युटसँग बुझेर चाँडै खबर गर्ने बताएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्री त्रिपाठीले नेपाल र भारतबीच खुला सीमा भएकाले पनि भारतले नेपाललाई खोप आपूर्तिमा प्राथमिकता दिनुपर्ने आग्रह गरेका थिए ।

भारतबाट ल्याइएको खोप पहिलो चरणमा दिइसकिएको छ । विगतमा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो डोज खोप दिनका लागि नेपालले खोप आयात गर्ने प्रयास गरेको हो ।

खोप आयातका लागि परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले बिहीबार भारतीय विदेश मन्त्री एस जयशंकरलाई फोन गरेका थिए ।

खोप समयमै नआउँदा नेपालमा खोप अभियान प्रभावित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);