अझै समाधान भएन बागलुङ बरेङ गाउँपालिकाको खानेपानीको समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अझै समाधान भएन बागलुङ बरेङ गाउँपालिकाको खानेपानीको समस्या

सुवास आचार्य
बागलुङ, २८ चैत।
बागलुङ जिल्लाको बरेङ गाउँपालिका वडा नम्बर १ र २ मा संञ्चालन भएको खानेपानी आयोजना पुरा नहुदै ठेकेदारलाई पैसा भुक्तानी हुँदा आयोजना नै अलपत्र परेको छ । आयोजना अनिश्चित भएपछि घरमै खानेपानी आउने स्थानीयका आशा निराशमा बदलिएको छ ।

बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका बागलुङको बरेङ गाउँपालिका वडा नं १ र २ का स्थानीयको समस्या समाधानका लागि बिभिन्न योजनामा गरिएका लगानी बालुवामा पानी खन्याएको जस्तै भएको छ ।

५१ लाख योजनाको घोरघोरे योजनाको लागि ठेकेदार कम्पनीले करिब सात सय मिटर मात्र पाईप विच्छाएर काम छाडेको छ । खानेपानीको विषयमा पटक–पटक वडा कार्यालयदेखि गाउँपालिकासम्म कुरा राख्दा पनि कुनै निकायले सुनुवाई नगरेको स्थानीयको गुनासो छ ।

आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाबाट परेको झुले बरेङ खानेपानी योजना सम्पन्न भएको छैन । समस्या समाधानका लागि प्रयासहरु भईरहेको बरेङ गाउँपालिका वडा नं. २ का अध्यक्ष गुप्तबहादुर काला बताउँछन् ।

घोरघोरे खानेपानी आयोजनाको निर्माण कम्पनी अमृत निर्माण सेवाले काम पुरा नगरी सबै रकम लिईसकेको र अहिले सम्पर्क बाहिर रहेका बताइएको छ । बरेङ गाउँपालिकाले भने समस्या समाधानका लागि ठेकेदार कम्पनीसँग समन्वयन भईरहेको दाबी गरेको छ ।

गाउँपालिकाका सव इन्जिनियर जुद्ध पुनले ठेकेदार कम्पनीसँग समन्वय भईरहेको बताएका हुन् । स्थानीय स्तरमा हुने विकास योजनामा गाँउपालिकाका कर्मचारी र जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पुरा गर्न चुकेको कारण जनताले सास्ती खेप्नु परेको स्थानीयको आरोप छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);