सुडीगाउँका प्रत्येक घरमा खानेपानीका धारा निर्माण | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सुडीगाउँका प्रत्येक घरमा खानेपानीका धारा निर्माण

जुम्ला । जुम्लाको तिला गाउँपालिका-६ सुडीगाउँ निकै दुर्गम बस्ती हो । जुन अहिले पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । यस क्षेत्रका नागरिकले दैनिक उपभोग्य बस्तुदेखि विकास निर्माणका सामग्री पिठ्यूँमा र खच्चरबाटै ढुवानी गर्ने गरेका छन् । त्यो क्षेत्रमा उत्पादित बस्तु पनि पिठ्यूँमै बोकेर राराको शेरी बजारमा विक्री वितरण गर्न ल्याउने गरिन्छ ।

अहिले प्रत्येक घरधुरीमा खानेपानी धारा जडान गरिएको तिला गाउँपालिका-६ सुडीगाउँ जुम्लाका स्थानीय गोरीकला रावलले बताइन ।  उनले भनिन्, ‘अनुकूलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र (पेस–नेपाल) जुम्लाले प्रत्येक घरमा खानेपानी धारा जडान गरेको हो । अब हामीलाई खानेपानीको कुनै समस्या हुने छैन । हामीले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान भएको छ ।’
 
कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलन सम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तरगत खानेपानी धारा जडान गरिएको हो । प्रत्येक घरधुरीका (क) र (ख) वर्गले ७९ दिन काम गरेर खानेपानी आयोजना निर्माण गरेका हुन् ।

तिला गाउँपालिका ६ सुडीगाउँ जुम्लाका स्थानीय धनबहादुर रावतले खानेपानी आयोजना निर्माण गरेबापत प्रत्येक घरधुरीका (क) र (ख) वर्गका प्रति घरधुरी ५७ हजार ६३२ रुपियाँ प्राप्त गरेको बताए । उनका अनुसार  ९७ घरधुरीका नागरिकले ७९ दिन रोजगार पाउनुका साथ घरमै खानेपानीको सुविधा प्राप्त गरेका छन् । यो आयोजना सम्पन्न गर्न ८४ लाख ८५ हजार ५१७ रुपैयाँ खर्च भएको पेस नेपाल जुम्लाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);