घरघरमा धारा, घेर्मुबासीलाई पानी भर्न पल्लोगाउँ जाने बाध्यता हट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

घरघरमा धारा, घेर्मुबासीलाई पानी भर्न पल्लोगाउँ जाने बाध्यता हट्यो

लमजुङ । वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका मर्स्याङ्दी  गाउँपालिका-५ घेर्मु गाउँमा घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई निकै सहज भएको छ । दिनहुँ पानी भर्न गाउँदेखि टाढा पर्ने पल्लोगाउँ र खोल्सातिर धाउनुपर्ने बाध्यता रहेकोमा ‘एक घर एक धारा’को अवधारणा अनुरुप घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको हो ।

आरसिडिसी हरियो वन कार्यक्रममार्फत् घेर्मुफाँटका ११ घर र मर्स्याङ्दी गाउँपालिका-५का ३५ गरी ४६ घरमा धारा जडान गरिएको हो । घरैपिच्छे धारा जडान गरेपछि निकै सहज भएको घेर्मुफाँटकी धनकाशी गुरुङले बताइन् । ‘पहिले पानीको धेरै दुःख थियो,’ उनले भनिन्, ‘कहिले पल्लोगाउँमा त, कहिले खोलाकै पानी खानुपर्थ्याे ।’

अहिले धारामा पानी आउने भएकाले दैनिक कामकाज गर्न, वस्तुभाउलाई खुवाउन र करेसाबारीमा सागपातलाई हाल्न समेत सजिलो भएको छ । उनीमात्र होइन स्थानिय विष्णुमायाँ गुरुङले पनि वर्षौंदेखि गाउँमा पानीको समस्या भोग्दै आएकोमा अहिले सुविधा पाउँदा सिंगो गाउँबासी नै खुसी भएको बताइन् । उनले भनिन्, ‘पहिले पानी लिन अर्को टोलमा जानुपथर्थ्याे अहिले घरमै धारा छ । नाली र कुलोको समेत पानी पिउनुपर्ने बाध्यता थियो अहिले घरमै धारा रहेकाले पानीको समस्या टरेको छ ।’

आरसिडिसी हरियो वन कार्यक्रम मार्फत् खानेपानीको व्यवस्था गरिएको उनको भनाइ छ । गाउँदेखि परको चप्रेकुनाबाट पानी ल्याइएको समितिका अध्यक्ष धनप्रसाद गुरुङले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);