२० वर्षपछि सुकेको मुहानबाट पानी निस्कँदा स्थानीय खुसी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

२० वर्षपछि सुकेको मुहानबाट पानी निस्कँदा स्थानीय खुसी

सिमकोट । सात गाउँपालिका रहेको हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको ३ रोकाया गाउँमा मुहान सुकेको २० वर्षपछि खानेपानी निस्किदा स्थानीय खुसी भएका छन् । खाने पानी सुकेको लामो समय भएको भएता पनि हुम्लामा धेरै वर्षा भएका कारण २० वर्षदेखि सुकेको मुहानमा पानी निस्किएको स्थानीय धन्दे पार्कीले बताए ।

विगतका केही वर्षदेखि अदानचुली गाउँपालिकामा खानेपानीको हाहाकार हुने गरेको र अहिले मुहान सुकेको २० वर्षपछि छरिटापाटा धलपुरको मुहानमा पानी निस्केको र पानीले ठूलो राहत गरेको वडा नम्बर ३ का अध्यक्ष दत्त विष्टले बताए  ।

अदानचुली गाउँपालिकाको केन्द्रमा रहेको रोकाया गाउँभन्दा १० मिनेटको दूरीमा रहेको मुहानमा पानी निस्किएपछि स्थानीयले अस्थायी पाइप जडान गरेर धारा निर्माण गरेको प्रमद बोगटीले बताए ।

मुहानको पानीबाट तीन सय घरधुरी लाभान्वित भएका छन् । पानी आउन थालेपछि अब स्थानीयलाई खानेपानी, कपडा धुन र पशुवस्तुलाई पिलाउन सहज भएको हो । मुहानबाट आएको पानी स्थानीयले निर्माण गरेको अस्थायी पाइपको धारामा खसेपछि अदानचुली रोकाया गाउँवासीले खुसीयाली मनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);