दोर्दीमा घरैपिच्छे खानेपानीका धारा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

दोर्दीमा घरैपिच्छे खानेपानीका धारा

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा घरैपिच्छे खानेपानीको धारा जडान गरिएको छ । दोर्दी गाउँपालिकाले ५ वर्षको अवधिमा १ हजार ९ सय ७२ घरधुरीमा खानेपानीको सुविधा पुर्याएको हो । गाउँपालिकाले ०७४र०७५ सालदेखि हालसम्म ४१ वटा योजना निर्माण गरी १ हजार ९ सय ७२ घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो । गाउँपालिकाले खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको हो ।

गाउँपालिकाका नागरिकको आवश्यकतालाई मध्येनजर गरी काम गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । यसअघि घण्टौ लागेर पानी बोक्नुपर्ने दोर्दीका नागरिक अहिले घरमै धारा आएपछि खुसी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);