दोर्दीका घरघरमा खानेपानीका धारा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दोर्दीका घरघरमा खानेपानीका धारा

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाका घरघरमा खानेपानीको धारा पुगेको छ । दोर्दी गाउँपालिकाको पहल र ‘गोर्खा वेलफेयर ट्रष्ट’को सहयोगमा श्रीमन्ज्याङ लामा गाउँका १ सय १५ घरमा मिटर प्रणालीमार्फत पानी पुर्‍याइएको गाउँपालिको जनाएको छ । गाउँपालिकाको लामागाउँसंगै कामचोक, खहरे, बगर, ढोडेनी, फलेनी, दैलुङ, लप्सीबोट लगायतका ठाउँमा गरी ५ सय ५८ घरमा मिटर प्रणालीमा खानेपानी पुर्‍याइएको हो । 

दुई करोड ६१ लाख लागतमा खानेपानीको सुविधा पुगेको हो । गाउँपालिकाले संस्थाको समन्वयमा पाँच सय ५८ धारा जडान गरिसकिएको छ । २ हजार ८ सय ९३ घरमा खानेपानीको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

यसैगरी, दोर्दी गाउँपालिकाका समन्वय एवं सिआरएस नेपाल र सप्रोस नेपालको संयुक्त साझेदारीमा संचालित ‘कोउँसरा बहुउपयोगी खानेपानी योजना’ अन्तर्गत दोर्दी गाउँपालिका २,अर्चलबोटको उपल्लो अलैँचेका घरमा पनि मिटर प्रणालीमा पानी पुर्‍याइएको हो ।

१३ लाख ६० हजार दुई सय ७५ रुपैयाँको लागतमा उपल्लो अलैँचेका १९ घरमा नयाँ धारा निर्माण र १४ वटा पुराना धारा मर्मत गरिएको छ । यस खानेपानी योजनाअन्तर्गत ३४ घरधुरी लाभान्वित भएका छन् । 

२ हजार २ सय ७५ मिटर टाढा कोउँसराबाट पानी ल्याई मिटर प्रणालीमार्फत वितरण गरिएको  छ । संघीय सरकारको लक्ष्य अनुसार नै नागरिकका घरघरमा पिउने पानीका सुविधा पुर्‍याउन गाउँपालिका निरन्तर जुटिरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);